नियम
जिल्ला समितिको बैंठक र निर्णय

९. जिल्ला समितिको बैंठक र निर्णयः

(१) जिल्ला समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) जिल्ला समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) कूल सदस्य संख्याको कम्तीमा पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा जिल्ला समितिको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) जिल्ला समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षको मत निर्णायक मानिनेछ ।
(५) जिल्ला समितिले आवश्यकता अनुसार कुनै कर्मचारी, पदाधिकारी वा
व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(६) जिल्ला समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गर्न सक्नेछ ।